राजनीति


सीमा सुरक्षाका लागि दार्चुलामा बनाइँदै ११ कराेडकाे सशस्त्र प्रहरी भवन  

सीमा सुरक्षाका लागि दार्चुलामा बनाइँदै ११ कराेडकाे सशस्त्र प्रहरी भवन  

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ६:२९,

सीमा सुरक्षाका लागि दार्चुलाको छाङरुमा व्यक्तिको घर भाडामा लिएर राखिएको सशस्त्र प्रहरी पोस्टका लागि सरकारले आफ्नै व्यवस्थित भवन बनाउन प्रक्रिया अघि बढाएको छ।

त्यसका लागि ११ करोड बजेट विनियोजन गरिसकेको सरकारले भवन निर्माण थाल्न बोलपत्र आह्वान गरेको हो।

bolpatra

छाङरुस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा १ सय ६० सशस्त्र प्रहरी रहने गरी भवन निर्माण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यसअन्तर्गत दुईवटा सीमा सुरक्षा पोस्ट रहनेछन्। एउटा कालापानीनजिकै कौवामा र अर्काे चीनसँगको सीमाना तिङ्करमा बीओपी राख्ने तयारी छ। यसका लागि पनि जग्गा लिने प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

भारतले नेपालको जमिन मिचेर सडक बनाएपछि दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गरिएको हो। त्यहाँ वैशाख २१ गतेदेखि व्यक्तिको घर भाडामा लिएर सशस्त्र प्रहरी बस्न थालेको हो।

छाङरुको बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली बसेको हाे। यो पोस्ट भारतले सडक निर्माण गरेभन्दा १३ किलो मिटर तल पर्छ।

सोही क्षेत्रमा नेपाल प्रहरीको पनि २१ जनाको टोली बसेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad