समाज


क्वारेन्टिनमा मदिरा पुर्‍याउने एक जना पक्राउ

क्वारेन्टिनमा मदिरा पुर्‍याउने एक जना पक्राउ

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ६:४४,

कोरोना जोखिमका कारण बाहिरी जिल्लाबाट आएका र विदेशबाट आएकालाई चितवन जिल्लामा स्थानीय तहले क्वारेन्टिन निर्माण गरी राख्ने व्यवस्था गरेका छ।

क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पु¥याउने क्रममा राप्ती नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलिया रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए। उनका अनुसार थपलियाले बुद्ध शान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पु¥याउन जाँदा इलाका प्रहरी कार्यालय भण्डाराले बुधबार साँझ नियन्त्रणमा लिएको हो।

घरेलु मदिरासहित नियन्त्रणमा लिइएका थपलियालाई प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ। उनको बयानको काम नसकिएकाले उनलाई प्रहरीको हिरासतमा राखिएको छ। क्वारेन्टिनमा बस्दा मदिरा सेवन गर्न नपाइने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad