जेनजी आन्दोलनमा विद्यार्थीलाई विद्यालय पोसाकमा आउनका लागि आह्वान गर्न नेपाल प्रहरीको नक्कली फेसबुक पेज प्रयोग भएको पाइएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले आज (बुधबार) सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा सो नक्कली पेजबाट प्रहरीले बल प्रयोग गर्न नसक्ने भएकाले विद्यालय पोसाकमा आउन आह्वान गरेको देखिएको उल्लेख छ।
‘नेपाल प्रहरीको सो नक्कली फेसबुक पेजले प्रदर्शनकारीहरूमा भ्रम पूर्ण सामग्री सामाजिक सञ्जालमा प्रसारित गरी योजनाबद्धरूपमा विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराई मानव ढाल बनाउन खोजेको देखिएको र सो घटनापश्चात् प्रदर्शनपूर्व प्रयोग भएका सामाजिक सञ्जाल खाताहरू निष्क्रिय बनाएको देखिएको भन्ने सुरक्षाकर्मीहरुको बयान व्यहोराबाट खुल्न आई माथि लेखिएको तथ्य स्थापित भएको पाइन्छ,’ प्रतिवेदनमा भनिएको छ।
प्रदर्शन हिंसात्मक हुन सक्छ भन्ने सुराक पाइसक्दा पनि सरकार र सुरक्षा निकायको पूर्वतयारी कमजोर देखिएको प्रतिवेदनमा औंल्याइएको छ।
‘प्रदर्शनपूर्वनै सामाजिक सञ्जालमा त्यस्ता विषयहरु साझा भइसकेपछि परिस्थितिको वस्तुगत आकलन गरी सुरक्षा सकृयता बढाएको, त्यस्ता सामाजिक सञ्जालका खाताहरु निष्कृय गर्न सुरक्षा निकायहरुले पहल गरेको वा निष्कृय पारेको वा त्यस्ता भ्रमहरु चिर्न प्रयासहरु गरेको भन्ने कहिँकतै देखिँदैन,’ प्रतिवेदनमा उल्लेख छ।
Shares

प्रतिक्रिया