नेपाली कांग्रेसले विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न केन्द्रीय नेतालाई खटाएको छ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। समितिका संयोजक प्रदीप पौडलको सभापतित्वमा बसेको बैठकमा सभापति गगन थापा पनि उपस्थित रहेका थिए।
बैठकले बारामा डा. गोपाल दहित, सिराहामा आङ्गेलु शेर्पा, धनुषामा अब्दुल सत्तार, सप्तरीमा राजीव ढुंगाना, सोलुखुम्बुमा कुसुम थापा र सर्लाहीमा देवप्रसाद तिमिल्सिनालाई केन्द्रीय प्रतिनिधि खटाएको छ।
यस्तै, सुर्खेतमा तिलक रानाभाट, महोत्तरीमा प्रमोदहरि गुरागाईँ, कपिलवस्तुमा टेकराज पौडेल, सुनसरीमा जगदीश नरसिंह केसी, रौतहटमा कमलकिशोर घिमिरे, पर्सामा कृष्ण रिजाल र काठमाडौँमा केन्द्रीय प्रतिनिधि पठाउने बैठकले निर्णय गरेको छ।
उनीहरूलाई विभिन्न पार्टीबाट कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको हकमा सदस्यतासम्बन्धी समस्या समाधान गर्न कार्यादेश दिइएको छ।
Shares

प्रतिक्रिया