नेकपा एमालेले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा सो कार्यदल गठन गर्ने निर्णय गरेको हो।
कार्यदललाई प्रतिवेदन पेस गर्न १ महिनाको समय दिइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
कार्यदलमा विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविराज विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल सदस्य रहेका छन्। यस्तै अन्य सदस्यहरुमा ९ प्रदेशका इन्चार्ज रहने नेता भट्टले बताए।
339
Shares

प्रतिक्रिया