प्रहरी हिरासतमा रहेका बन्दीको मानव अधिकार स्थिति अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन हुने भएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिको बैठकले प्रहरी हिरासतमा रहेका बन्दीको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गर्ने निर्णय गरेको समिति सभापति समीक्षा बास्कोटाले बताइन्।
यससँगै बालसुधार केन्द्रको अवस्थाको अध्ययन गर्न पनि उपसमिति गठन हुने उनले बताइन्। ‘प्रहरी हिरासतमा रहेका कैदीबन्दीको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गर्छौँ,’ बास्कोटाले भनिन्, ‘बालसुधार केन्द्रहरूको अध्ययन गर्नको लागि पनि समिति गठन गर्नुपर्छ।’
समिति सभापति बास्कोटाले संसदीय उपसमितिमा बस्न चाहाने सांसदलाई समिति सचिवालयमा नाम टिपाउन आग्रह गरेकी छन्।
Shares

प्रतिक्रिया