राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहीबार आयोजित एक विशेष समारोहकाबिच इरान, अष्ट्रिया, रसिया र लग्जमवर्ग लगायतका देशका राजदूतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
विभिन्न मुलुकका राजदूतहरूले आ–आफ्नो मुलुकको तर्फबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने नियमित कुटनीतिक प्रक्रियाअन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो।

42
Shares

प्रतिक्रिया