राजनीति


विरोधकैबीच पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

विरोधकैबीच पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १७:४१, काठमाडौँ

विपक्षीहरूको विरोधकैबिच वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित भएको छ। आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा बहुमतले सो विधेयक पारित भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे। 

यसअघि संशोधनकर्ताहरूलाई छलफलमा भाग लिन समय दिइएको थियो। रास्वपा सांसद लिमा अधिकारी र गणेश कार्कीले आफ्नो संशोधन फिर्ता लिए। त्यस्तै विपक्षी सांसदहरूले भने छलफलमा भाग लिएनन्।

साथै अर्थमन्त्री वाग्लेले संशोधनकर्ताहरूको महत्त्वपूर्ण संशोधन सरकारले स्वीकार गरेको सदनलाई जानकारी गराए।

विपक्षी सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेका छन्। सदनमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षीहरू विरोध गर्दै आएका छन्।

संसद् बैठक जेठ १२ गते मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad