नेकपा एमालेका नेता गोकुल बास्कोटाले देश फेरि राजनीतिक भूकम्प-उन्मुख रहेको दाबी गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका एमालेका केन्द्रीय सदस्य बास्कोटाले बिहीबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकार पनि पतन-उन्मुख भएको दाबी गरेका हुन्।
बीपी कोइराला र आफ्नै अध्यक्ष केपी शर्मा ओलीको सत्ताझैँ वर्तमान सत्ता पनि ढल्ने संकेत देखिएको जिकिर उनले गरेका छन्।
‘फेरि एउटा राजनीतिक भूकम्प उन्मुख छ देश। उही कुरा- बीपी र केपीका सत्ता गुमेजस्तै भाग तीनले घण्टी पनि जानेजस्तै छ’, बास्कोटाले लेखेका छन्, ‘पार्टीहरू तिनका आन्तरिक सत्ता सुरक्षाका दरिद्र चिन्तनका दुष्चक्रको गोलचक्करमा फसिरहँदा फेरि पनि तिनीहरू उल्टो गतिका निरीह साक्षी हुनेछन्, जसरी ०५९ देखि ०८२ सम्म भइरहे।’
120
Shares

प्रतिक्रिया