राजनीति


भारतले भन्यो : नेपालले जारी गरेको नयाँ नक्सा स्वीकार्दैनौँ

भारतले भन्यो : नेपालले जारी गरेको नयाँ नक्सा स्वीकार्दैनौँ

नेपालखबर
जेठ ७, २०७७ बुधबार १५:२६,

लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयको भारतले विरोध गरेको छ।

नेपालको निर्णयलाई एकतर्फी कार्य भन्दै भारतले सो भौगोलिक दाबीलाई अस्वीकार गर्ने जनाएको छ।

बुधबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले सार्वजनिक गरेको नयाँ नक्सा भारतलाई मान्य नहुने बताएका छन्। नेपालले  बुधबार दिउँसो लिम्पियाधुरा समावेश गरेको नक्सा सार्वजनिक गरेको थियो।

नेपालले नयाँ नक्सामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने भारतको दाबी छ।

‘नेपाल सरकारले आज नेपालको परिमार्जित नक्सा जारी गरेको छ। जसमा भारतीय भूभाग समेत समावेश छ। यो एकपक्षीय कार्य कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले पत्रकारहरुलाई जवाफ दिँदै भनेका छन्, ‘यो सीमासम्बन्धी मुद्दालाई कुटनीतिक संवादमार्फत हल गर्ने समझदारीविरीत छ।’

‘भौगोलिक दाबीमा कृत्रिम वृद्धि गर्ने यस्तो कदमलाई भारत अस्वीकार गर्छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ।

यसअघि भारतले एकपक्षीयरुपमा नक्सा सार्वजनिक गर्दा नेपालले पनि भारतलाई ठीक यही आरोप लगाएको थियो।

भारतले गत कात्तिकमा एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक समेत समावेश गरी नयाँ नक्सा जारी गरेपछि सीमा मुद्दा पनि चर्किएको थियो।

यस विषयमा भारतले निरन्तर एउटै अडान राख्दै आएकोबारे नेपाल जानकार रहेको बताउँदै श्रीवास्तवले भनेका छन्, ‘हामी नेपाल सरकारलाई पुष्टि हुन नसक्ने दाबीहरुबाट टाढा रहन र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्छौं।’

उनले नेपाली नेतृत्वले थाँती रहेका सीमासम्बन्धी विषय सल्टाउन कुटनीतिक संवादका लागि उचित वातावरण बनाउनेछ भन्ने आशा गरेको समेत बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad