राजनीति


हवाई उडान र सीमा जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

हवाई उडान र सीमा जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

नेपालखबर
जेठ ७, २०७७ बुधबार १५:४०,

सरकारले हवाई उडान र सिमानाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।
हवाई उडान तथा सिमानाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले बतायो। यसअघि जेठ १८ गतेसम्मका लागि हवाई उडान बन्द गरिएको थियो।

कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै गत चैत ११ गतेदेखि सरकारले देशब्यापी लकडाउन गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनमा पनि थप कडाइ गरेको छ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ। बुधबारसम्म ४२७ जनामा कोरोना पुष्टि हुँदा ४५ जना निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad