राजनीति


पूर्वमन्त्री गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश, थुनामा राख्ने विशेषको आदेश बदर

पूर्वमन्त्री गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश, थुनामा राख्ने विशेषको आदेश बदर

नेपालखबर
जेठ ५, २०८३ मंगलबार २०:३३, काठमाडौँ

पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश आदेश बदर गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ।

पोखराको लिचीबारी जग्गाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले थुनामा राख्न आदेश दिएको थियो। त्यसविरुद्ध ७३ नं निवेदन लिएर सर्वोच्च पुगेका गुप्तालाई न्यायाधीश शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

आदेश तयार भइनसकेकाले कति धरौटी भन्ने बुधबार मात्रै थाहा हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।

२०८२ पुस १६ गते विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि कारागार चलान भएका गुप्ता अब रिहा हुने भएका हुन्।

गुप्ता मन्त्री हुँदा लिच्चीबारीको जग्गाको कारोबार मिलाउन बिचौलियासँग कुराकानी गरेको अडिओ सार्वजनिक भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad