नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन्।
मंगबार साँझ सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश शर्माले पदभार ग्रहण गरेका हुन्।
त्यस अवसरमा प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतका कर्मचारीहरूले स्वागत गरेका थिए।
त्यसअघि उनले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने दाबी गरे।
प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताएका हुन्।
‘न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन’, प्रधानन्यायाधीश शर्माले भने, ‘यस विषयमा कसैले कुनै शंका राख्नुपर्ने अवस्था आउने छैन। साथै, त्यस्तो शंका उत्पन्न हुने कुनै पनि कार्य मबाट हुने छैन र हुन दिइने पनि छैन भन्ने पूर्णरुपमा विश्वास दिलाउन चाहन्छु।’







Shares

प्रतिक्रिया