नेपाल कम्युनिष्ट पार्टी (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) सहितका १० राजनीतिक दल तथा संगठनले एमसीसी खारेज गर्न सरकारसँग माग गरेका छन्। सरकारले एमसीसीलाई संसदबाट पास गराउन गरेको प्रयासप्रति १० दलीय मोर्चाले आपत्ति जनाएको छ।
बुधबार संयुक्त वक्तव्य प्रकाशित गरी मोर्चाले एमसीसीलाई इण्डो प्यासिफिक रणनीतिको अंग भएको अमेरिकी उच्च अधिकारी तथा राजदूतावासले नै स्पष्ट पारिसकेको बताउँदै त्यसलाई दृढतापूर्वक खारेज गर्नुपर्ने बताएका छन्।
एमसीसी पारित गरिए नेपालको स्वतन्त्र परराष्ट्र नीति र सार्वभौमिकतामा समेत आँच पुग्ने वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा नेकपा (मासाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्य, नेकपा (माले) का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका लोकनारायण सुवेदी, नेकपा (माओवादी केन्द्र) का गोपाल किराती, जनसमाजवादी पार्टीका सुभासराज काफ्ले, जनजागरण परिषदका साध्यबहादुर भण्डारी, नेकपा (संयुक्त) का केदारचन्द्र शर्माको हस्ताक्षर छ।
Shares

प्रतिक्रिया