समाज


प्रदेश १ का थप ७ जनामा काेरोना पुष्टि, संक्रमितको संख्या ४३४ पुग्यो

प्रदेश १ का थप ७ जनामा काेरोना पुष्टि, संक्रमितको संख्या ४३४ पुग्यो

नेपालखबर
जेठ ७, २०७७ बुधबार १२:५३,

प्रदेश १ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार झापाका ५, सुनसरी र धनकुटाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १, मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका १ र सुनसरीका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले स्वास्थ्य मन्त्रालयले सवा ४ बजे गरेको पत्रकार सम्मेलनपछि ७ जना संक्रमित थपिएको बताए।

‘यी सात जना नयाँ संक्रमित हुन’, नेपालखबरसँग कुरा गर्दै सुवेदीले भने, ‘यो सँगै प्रदेशमा संक्रमितको संख्या ६६ पुगेको छ।’

यसअघि बुधबार नै धनकुटाका ४ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो।

संक्रमितमध्ये २६ जना उपचारपछि निको भएर निको भएर घर फर्किएका छन्।बुधबारमात्रै कोशी अस्पतालबाट उदयपुरका ४ र भारतीय नागरिक ४ गरी ८ जना निको भएर डिस्चार्ज भएका थिए।

प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढाइएसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको हो।

अहिले प्रदेश १ मा तीन ठाउँबाट पीसीआर विधिबाट परीक्षण भइरहेको छ। सुवेदीका अनुसार बुधबारसम्म पीसीआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ। आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ।

 प्रदेश १ का थप ७ संक्रमितसँगै नेपालका कुल कोरोना संक्रमितको संख्या ४३४ पुगेको छ भने ४५ जना उपचारपछि घर फर्केका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad