रास्वपा सांसद लिमा अधिकारीले ज्येष्ठ नागरिकका पक्षमा ठोस् कार्यक्रम आउन नसकेको बताएकी छन्। आज (मंगलबार) सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै अधिकारीले ज्येष्ठ नागरिकलाई ३० वर्षदेखि भोट बैंकमात्रै बनाउँदै आएको बताएकी हुन्।
‘सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता २०५१ सालमा ल्याएको लोकप्रिय, लोककल्याणकारी कार्यक्रम थियो, ३० वर्षसम्म एउटै कार्यक्रमलाई पपुलर चुनावी नारा बनाएर ज्येष्ठ नागरिकलाई भोट बैंक बनाउने थिति बस्यो,’ उनले भनिन्, ‘आमाबुबालाई न्याय गर्छु भन्दा कतै अन्याय त गरेनौँ? दुःखसाथ भन्नुपर्छ ३० वर्ष यति धेरै सरकार आए–गए भत्ताबाहेक ठोस कार्यक्रम आउन सकेनन्।’
त्यसैले आवश्यकताका आधारमा भत्ता, शतप्रतिशत स्वास्थ्य बिमा, ज्येष्ठ नागरिकको जीवनलाई गुणस्तर बनाउन उनीहरूको सिकाइ भोगाइ, ज्ञान र अनुभवलाई सौम्य शक्तिको रूपमा उपयोग गर्नुपर्ने उनले बताइन्।
‘ज्येष्ठ नागरिकहरू सबैभन्दा ठूलो सफ्ट पावर हुनुहुन्छ। उहाँहरूको अनुभवलाई उपयोग गर्न गर्नुपर्छ,’ उनले भनिन्।
Shares

प्रतिक्रिया