राजनीति


सार्वजनिक खरिद ऐनमै ठूलो समस्या छ: मोहन आचार्य

सार्वजनिक खरिद ऐनमै ठूलो समस्या छ: मोहन आचार्य

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १५:१३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद इन्जिनियर मोहन आचार्यले सार्वजनिक खरिद ऐन परिमार्जन गर्नुपर्ने बताएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै सांसद आचार्यले सार्वजनिक खरिद ऐन सुधार गर्नुपर्ने बताएका हुन्र। विकास निर्माणका काम समयमै नहुनु ऐनको कमजोरी भएको बताउँदै आचार्यले भने, ‘सार्वजनिक खरिद ऐनमै ठूलो समस्या छ।’

उनले ऐन अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताए। ‘भौतिक पूर्वाधारका काम गर्न सकिएका छैनन। डिजाइन, बजेट एलोसेनका कुरा छन्,’ उनले भने। 

सांसद आचार्यले आफ्नो निर्वाचन क्षेत्र रसुवाका भूकम्पपीडितले अहिलेसम्म आवास नपाएको गुनासो गरे। अहिलेसम्म उनीहरू कटेरोमै रहेकाले आगामी आर्थिक वर्षको बजेटमा यसलाई पार्न आग्रह गरे। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad