राजनीति


कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो १२ उपसमितिका संयोजक

कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो १२ उपसमितिका संयोजक

नेपालखबर
जेठ ४, २०८३ सोमबार १४:११, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक १२ वटा उपसमितिका संयोजक तोकेको छ। 

प्रतिष्ठानका प्रमुख एवं कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले प्रतिष्ठानका सदस्यबाटै उपसमितिका संयोजक तोकेको हो। पहिलो चरणमा संयोजक तोकिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। 

भूमि व्यवस्था विशेष अभियान उपसमितिको संयोजकमा डा. गोपाल दहित, विपद व्यवस्थापन उपसमितिको संयोजनमा मानबहादुर थापा, मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिको संयोजनमा मोहना अन्सारी, सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिको संयोजकमा ई. दिपेश विष्ट, निर्वाचन प्रणाली सुधार अवधारणा, संवाद र समन्वय उपसमितिको संयोजकमा जनक चटौत र पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमितिको संयोजकमा ई. अमृत ज्ञवालीलाई जिम्मेवारी दिइएको छ। 

त्यस्तै, उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमितिको संयोजकमा खगेन्द्र आचार्य, शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमितिको संयोजकमा डा. कृष्णप्रसाद पौडेल, बीपी ज्ञान केन्द्र उपसमितिको संयोजकमा प्रकाश लामिछाने, जातीय विभेद विरुद्ध सचेतना अभियान उपसमितिको संयोजकमा एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिको संयोजकमा प्रकृति भट्टराई र ग्रीन टेबल उपसमितिको संयोजकमा कञ्चन झा रहेका छन्। 

सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक खाका प्रस्तुत निर्देशन दिइएको छ। 

त्यस्तै, प्रतिष्ठानको आन्तरिक आचारसंहिता निर्माण गरेर आगामी बैठकमा प्रस्ताव गर्न उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad