राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सौत प्रदेशको अधिवेशनको मिति पनि टुंगो लगाएको छ।
बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले छुट्टाछुट्टै मितिमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो। सबैभन्दा पहिले जेठ २६ मा बागमती प्रदेशको अधिवेशन गर्ने तय गरेको छ।
त्यसपछि जेठ २७ मा कोसी, जेठ २८ मा मधेस र जेठ २९ मा गण्डकी प्रदेशको अधिवेशन तोकिएको छ। त्यस्तै, जेठ ३० मा लुम्बिनी र जेठ ३१ मा कर्णाली प्रदेशको अधिवेशन तोकिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
त्यसपछि असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन तोकिएको छ। प्रदेश अधिवेशन सकिएपछि महाविधेशन गर्ने तय भएको छ। रास्वपाको महाधिवेशन असार ७ देखि ९ सम्म चितवनमा गर्ने निर्णय भएको छ।
48
Shares

प्रतिक्रिया