राजनीति


राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा निदाए अर्थमन्त्री वाग्ले

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा निदाए अर्थमन्त्री वाग्ले

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १८:१४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले निदाएका छन्। 

सोमबार राष्ट्रपति पौडेलले सरकारको आगामी वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन्।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपभासपति समेत रहेका अर्थमन्त्री डा.वाग्ले निदाएका हुन्। जुन तस्बिर र भिडिओ अहिले सामाजिक सञ्जालमा फैलिएको छ।

युवासहित झण्डै दुईतिहाइको सरकार बनाएको रास्वपाले आफ्ना सांसदलाई संसद् बैठकमा निदाउन नदिने बताएको थियो। यद्यपि, अर्थमन्त्री आफैँ निदाएको तस्बिर बाहिर आएका छन्। 

राष्ट्रपति पौडेलले एक घण्टा १८ मिनेट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad