सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय शिक्षा विभागको प्रमुखको जिम्मेवारी मिलन पाण्डेलाई दिएको छ।
रास्वपाको यही वैशाख २७ गते बसेको केन्द्रीय सचिवालय बैठकले उनलाई सो विभागको प्रमुखमा मनोनयन गरेको हो।
विवेकशील साझा पार्टीका तत्कालीन नेता पाण्डे रास्वपासँग चुनावअघि गत मंसिर १४ गते भएको दुई पार्टीबीचको एकतामा सामेल भएका थिएनन्।
उनले आफू एकतामा सामेल नहुने केही समय कुलिङ पिरियड लिने र नयाँ तरिकाले राजनीति गर्ने बताएका थिए।
यस्तै, रास्वपाले स्टार्ट-अप विभागको प्रमुखमा डा प्रभात अधिकारी र रेपिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप-प्रमुखमा सशस्त्रका पूर्वडीआईजी विदुर खड्का लाई मनोनयन गरेको छ।
153
Shares

प्रतिक्रिया