राजनीति


रास्वपाद्वारा बारा जिल्ला समिति विघटन, १५ जनाको सदस्यता खारेज

रास्वपाद्वारा बारा जिल्ला समिति विघटन, १५ जनाको सदस्यता खारेज

नेपालखबर
बैशाख २७, २०८३ आइतबार २१:१, काठमाडौँ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले १५ जना सदस्यहरूलाई कारबाही गरेको छ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी हित विपरित काम गरेको भन्दै १५ जना सदस्यको सदस्यता खारेजी गर्ने निर्णय गरेको हो। 

यस्तै पार्टीको बारा जिल्ला समितिसमेत विघटन गरिएको छ।

रास्वपाले वडा तहदेखि भेला गर्न मिति तय गरेको छ।

पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते आयोजना गर्ने जारी विज्ञप्तिमा जनाइएको छ।

यस्ता छन् बैठकका निर्णयहरू:

१. भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गर्ने निर्णय गरियो।
२०८३ जेठ २: वडा भेला (समिति गठन नभएका वडाहरूमा)
जेठ ३: वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा)

जेठ ९: पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा)
जेठ १०: पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका)

जेठ १६: वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा)
जेठ १७: पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका)

जेठ २३ र २४: जिल्ला अधिवेशन .

२. विभिन्न तह, विभागबाट भएको सिफारिसको आधारमा तपसिल बमोजिम मनोनित गर्ने।
क. रेपिड रेस्पोन्स टिम समन्वय विभाग प्रमुख बैकुण्ठ थापा (आशिष) र उपप्रमुख विदुर खड्का (पूर्व एपीएफ डिआइजी)।
ख. स्टार्टअप विभाग प्रमुख डा प्रभात अधिकारी, सचिव  हरि जोशी।
ग. शिक्षा विभाग प्रमुख मिलन पाण्डे।
घ. कर्णाली प्रदेश सहममन्त्री राजबहादुर शाह र अविसरा सुवेदी
ङ. केन्द्रीय संगठन विभाग सदस्य गोपाल प्याकुरेल (कर्णाली)।
च. कञ्चनपुर जिल्ला सभापति पदम बिष्ट।

३. प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने। जिल्ला अधिवेशनको तयारी गर्ने।

४. पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरियो।

५. पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते आयोजना गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad