राजनीति


मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय

मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १७:१३, काठमाडौँ

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलबीच सहमति भएको छ। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। 

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय पनि गरेका छन्। मुख्यमन्त्री यादवलाई यथाशिघ्र विश्वासको मत लिन पनि चार दलको आग्रह छ। गत वैशाख २२ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएपछि यादव सरकारको आयुमाथि प्रश्न उठेको थियो।

कांग्रेस, नेकपा, जसपा र लोसपाले निरन्तरता दिने निर्णय गरेपछि यादव नेतृत्वको सरकार जोगिएको छ। मधेस प्रदेश सभामा हाल १ सय १ सांसद छन्। कांग्रेसका २२, नेकपाका १५, जसपा–लोसपा गरी २६ गरी ६३ जना सांसद यादवको पक्षमा देखिएका छन्।

विपक्षमा एमालेका २४, जनमतका १२,  नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीका १–१ जना सांसद छन्। यसअघि, मधेस प्रदेश सभामा १ सय ७ जना सांसद थिए। लोसपाका अभिराम शर्मा, जसपाका सरोजसिंह कुशवाहा र राप्रपाकी कञ्चन बिच्छा निलम्बित छन्। 

जनमतका सतिशकुमार सिंह, नेकपाका भरतप्रसाद साह, रहवर अनसारी, एमालेका रामचन्द्र मण्डल प्रतिनिधिसभा उम्मेदवारी दिँदा प्रदेश सांसदबाट राजीनामा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad