प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस बाहिरबाट आएकाहरुले नै सारेको दावी गरेका छन्।
मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कम्युनिटीमा कोरोनाको अल्पसंख्यकामा मात्रै रहेको र बाहिरबाट आएकाहरुले नै सारेको बताए।
प्रधानमन्त्री ओलीले चीन, युएई र इटलीबाट आएको भाइरसको तुलनामा भारतबाट आएको कोरोना कडा भएको बताए।
‘चीन, युएई र इटलीबाट आएको भाइरस अलि नरम देखिएको थियो तर भारतबाट आएको चाहिँ अलि कडा देखिएको छ’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमण अझै बढ्ने बाहिरबाट आउने ले नै सार्ने बताए।
उनले भारतबाट संक्रमित भएर आउने र यहाँ आएर परीक्षणको दायरामा नआउनु मुख्य समस्या भएको बताए।
‘भारतबाट संक्रमित भएर आउने संभावना बढी छ, कोही लुकेर बस्ने, कोही परीक्षणको दायारमा नआउने र समुदायमाा लुकेर बस्ने भएकाले हामीले सजगता अपनाउनु पर्नेछ’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्रीले क्वारेन्टिन र आइसोलेसनलार्इ व्यवस्थित बनाउने कुरामा सरकारको ध्यान गएको बताए। ‘नेपालमा क्वारेन्टिनको साधारण क्षमता ५७ हजार हो। तर, ती ठाउँहरुमा मानिस नभएको हुँदा प्रर्याप्त गुणस्तर नभएको हो’, उनले भने, ‘३० हजार भने राम्रो खालको क्वारेन्टिन छ, हामीले तिनीहरुको क्षमता विस्तार गछौं।’

प्रतिक्रिया