समाज


झापाका संक्रमित सबै भारतबाट आएका

झापाका संक्रमित सबै भारतबाट आएका

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ७:१४,

भारतबाट आएका ९ जनालाई झापामा मंगलबार कोरोना संक्रमण देखिएको छ।

प्रदेश १ मा मंगलबार झापामा ९ जनामा र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले पुष्टि गरेका थिए।

त्यसमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना भारतबाट ६ दिनअघि आएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिए।

'भारतको मुम्बईबाट ६ दिनअघि आएका उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो। त्यसमध्ये ९ जनालाई संक्रमण देखिएको हो,' यादवले नेपालखबरसँग भने।

मुम्बईबाट ११ जनाको टोली आएपनि बाँकी दुई जनालाई भने कोरोना संक्रमण नभेटिएको यादवले बताए।

लकडाउनका कारण एकदिन सिमामा बिताएका उनीहरुलाई स्थानीय अगुवाहरुले भित्र्याउनुपर्ने भनेपछि नेपाल ल्याएर क्वारेन्टिनमा राखिएको थियो।

उनीहरुको सोमबार परीक्षणका लागि स्वाव संकलन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .