राजनीति


रास्वपाको स्थानीय तह उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनुपर्ने

रास्वपाको स्थानीय तह उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनुपर्ने

नेपालखबर
बैशाख २०, २०८३ आइतबार १५:२०, काठमाडौँ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तिर्ण हुनैपर्ने निर्णय गरेको छ।

आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।

रास्वपाले उम्मेदवार छनोटका लागि सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय स्थानीय निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति गठन गरेको थियो।

बैठकमा समितिले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई हस्तान्तरण गरेको थियो।

काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी सचिवालय बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा–२०८३ सहित महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल भइरहेको रास्वपाले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad