ad ad

राजनीति


गगन थापाको प्रश्नः जसले सिमानामा अलपत्र नागरिक ल्याउँदैन, त्यसले सीमा जोगाउन सक्छ? (भिडियो)

गगन थापाको प्रश्नः जसले सिमानामा अलपत्र नागरिक ल्याउँदैन, त्यसले सीमा जोगाउन सक्छ? (भिडियो)

नेपालखबर
जेठ ५, २०७७ सोमबार ११:५९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिकलाई स्वदेश भित्र्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउन नसक्ने बताएका छन्। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा थापाले सीमा क्षेत्र र खाडीमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउनै नसक्ने बताए।

माटो मात्रै राष्ट्रियता नभएको उल्लेख गर्दै थापाले मान्छे र माटो दुवै राष्ट्रियता भएको बताए। उनले भने, ‘जसले खाडीमा अलपत्र परेकोलाई फिर्ता ल्याउन सक्दैन त्यसले मेरो भूमि ल्याइदिन्छ? यो संसदमा राष्ट्रियतको विषयमा बहस हुन्छ। राष्ट्रियता भनेको माटो हो की मान्छे हो? दुबै हो। जसले आफ्नो मान्छे चिन्न र जोगाउन सक्दैन त्यसले आफ्नो माटो जोगाउन सक्दैन्। जसलाई पसिनाको गन्धको आनन्दको अनुभूति हुँदैन त्यसले माटोको सुगन्ध पनि थाहा पाउन सक्दैन। मान्छे जोगाउन नसक्ने, मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याउँछ भन्ने रत्ति भरपनि भ्रम छैन्।’

कम क्षमता भएका मान्छेहरुले बनाएको नीति तथा कार्यक्रमका कारण देश दुर्घटना नजिक पुगेको उनले बताए। सामान्य मानिसको क्षमता कम हुँदा क्षति कम हुने भएपनि कुनै कम्पनीको मालिक वा देश चलाउने मान्छेमा त्यो समस्या देखिए बर्बाद नै हुने उनले बताए।

थापाले नीति तथा कार्यक्रम प्रधानमन्त्री एक्लैले लेख्ने कविता वा कुनै एक मन्त्रीले लुकेर लेख्ने अध्यादेश नभएको बताए।

विश्वमहामारीका कारण नेपालमा पनि ठूलो प्रभाव परेको कुरा नीति तथा कार्यक्रम उल्लेख किन भएन? भन्दै उनले प्रश्न पनि गरे। नागरिकको खल्ति रित्तिँदा देशको ढुकुटी नै रित्तिने भएकाले यस्तो परिस्थितिमा गर्ने कामहरुको सूची किन आएन? उनको प्रश्न थियो।

उनले भने, ‘घरभित्र र बाहिरको आपूर्ति प्रणाली अस्तव्यस्त हुँदै गर्दा बारी देखि भकारीसम्म प्रभावित भएको यो बेलामा लामो गन्थन नलेखौँ तत्काल बारी र भकारीको प्रभावलाई कम कसरी गर्ने लेखौं भनेर कसैले भनेनन्? रोजगारी बृद्धि हुन्छ नेपालको समृद्धि भन्ने नारा लेख्दै गर्दा यहि २ महिनामा लाखाैं मानिस बेरोजगारी भइसके भनेर कसैले भनेनन्? भोकले कोही मर्दैन, कोही भोकै हुँदैन भन्ने नारा लेख्दै गर्दा भोकले मरिसके भनेर सकैले भनेनन्?’

सरकारले कोरोना नियन्त्रणमा अभूतपूर्व काम गरेको उल्लेख गर्दै गर्दा परीक्षण कम भएर संक्रमण कम देखियो भनेर कसैले किन भनेन भन्दै उनले प्रश्न गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .