ad ad

समाज


कोरोनाविरुद्धको अभियानमा पारदर्शी र जिम्मेवारपूर्ण तवरले लागेका छौंः चीन

कोरोनाविरुद्धको अभियानमा पारदर्शी र जिम्मेवारपूर्ण तवरले लागेका छौंः चीन

नेपालखबर
जेठ ५, २०७७ सोमबार १२:२,

सीले ७३ औं विश्व स्वास्थ्य सम्मेलनका क्रममा सोमबार कोरोना भाइरसको विषयमा आफ्ना भनाइ राख्ने क्रममा चीन कोरोनाविरुद्धको लडाइमा कटिवद्ध भएर लागेका बताएका हुन्।

पछिल्लो समय अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण भएको हुनसक्ने आशंका व्यक्त गर्दै आएको छ। चीनले कोरोनाको खतरालाई लुकाउन कोशिश गरेको पनि आरोप लाग्ने गरेको छ।

यसबीचमा सीले कोरोना भाइरसको सत्यतथ्य जानकारी दिन चीनले भरपुर योगदान दिएको बताए।

‘कठोर प्रयास र ठूलो त्यागपछि हामी आफ्ना नागरिकको ज्यान र स्वास्थ्य जोगाउन सफल भएका छौं’ सीले भने,‘हामीले खुलापन, पारदर्शी र जिम्मेवारीका साथ कोरोनाविरुद्ध कार्य गर्यौं।’

‘हामीले विश्व स्वास्थ्य संगठनलाई कोरोनाबारे चाँडै जानकारी दियौं’ उनले भने,‘हामीले कोरोना नियन्त्रण कसरी गर्यौ त्यसको अनुभव पनि विश्वलाई कुनै संकोच बिना साट्यौं। हामीले हाम्रो शक्ति विश्वमा कोरोना नियन्त्रण गर्न खटायौं।’

सो क्रममा सीले कोरोना भाइरसले पुर्याएको क्षतिसँग लड्न दुई अर्ब अमेरिकी डलर अन्तर्राष्ट्रिय सहायता प्रदान गर्ने घोषणा गरेका थिए।

कोरोनाका कारण विश्वभरका राष्ट्रको आर्थिक र सामाजिक विकासमा धक्का पुगेको छ।

विकासउन्मुख राष्ट्र कोरोनाबाट झनै प्रभावित भएकाले यस सहायता विशेषगरी त्यस्ता राष्ट्रले पाउने सीले बताएको सिन्ह्वाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .