सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको विषयमा विरोध भएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूसँग छलफल गर्न लागेको छ।
संसद् छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भइरहेको छ।
सोही कारण रास्वपाले संसदीय दलको अनौपचारिक बैठक आयोजना गरेको हो।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राखिएको रास्वपा प्रवक्ता मनिष झाले बताए।
उनका अनुसार छलफलमा काठमाडौँ उपत्यकामा रहेका रास्वपा सांसदहरूलाई सहभागी हुन भनिएको छ।
636
Shares

प्रतिक्रिया