ad ad

राजनीति


सांसद श्रेष्ठ भन्छन्ः अपहरणको आरोप प्रमाणित भए झुण्डिएर मर्न तयार छु

सांसद श्रेष्ठ भन्छन्ः अपहरणको आरोप प्रमाणित भए झुण्डिएर मर्न तयार छु

नेपालखबर
जेठ ५, २०७७ सोमबार ८:३८,

नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफू माथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन्।

प्रतिनिधिसधभाको सोमबारको बैठकमा बोल्दै उनले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताए।

उनले भने, ‘केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुराहरु आए र म लगायत माननीय महेश बस्नेत समेतको चरित्र हत्या गर्ने काम भयो। सम्पुर्ण माननीयहरुलाई साक्षी राखेर म भन्न चाहन्छु। अपहरणको आरोप लगाउनेहरुलाई म चुनौति हिन चाहन्छु। यदि प्रमाणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर मर्न तयार छु। के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन्?’

विवादास्पद अध्यादेशसंँगै पार्टी फु्टाउने षडयन्त्र अनुसार, प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सांसद डाक्टर सुरेन्द्र यादवलाई सर्लाहीबाट अपहरण गरि काठमाडौं ल्याउने काम गरेको भन्दै जनता समाजवादी पार्टीका सांसद डाक्टर बाबुराम भट्टराईले सांसद श्रेष्ठ, महेश बस्नेत र निर्वतमान प्रमुख प्रमुख सर्वेन्द्र खनाल विरुद्ध जिल्ला सरकारी कार्यलय काठमाडौंमा मुद्दा दर्ता गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .