ग्लोबल


ह्वाइट हाउसको डिनर आयोजना गरिएकै होटलमा थिए गोली हान्ने युवक

ह्वाइट हाउसको डिनर आयोजना गरिएकै होटलमा थिए गोली हान्ने युवक

हिरासतमा लिइएका व्यक्ति


नेपालखबर
बैशाख १३, २०८३ आइतबार १३:४६, काठमाडौँ

अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमेतको सहभागितामा शनिबार राति डिनर (रात्रिभोज) भइरहेका बेला नजिकै गोली चलाएको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। 

राष्ट्रपति ट्रम्प आफैँले सामाजिक सञ्जालमा आक्रमणकारी भनी तस्बिर सार्वजनिक गरेका ती व्यक्ति को हुन् भन्ने विषयमा जानकारी दिइएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार गिरफ्तार गरिएका व्यक्ति क्यालिफोर्नियाको टोरेन्स निवासी ३१ वर्षीय कोल टोमस एलेन हुन्। 

महानगरीय प्रहरी विभागका अन्तरिम प्रमुख जेफ्री क्यारोलका अनुसार ती युवक त्यही होटलका पाहुना थिए, जहाँ कार्यक्रम भइरहेको थियो। उनी बसेको कोठाको पनि अनुसन्धान भइरहेको उनले बताएका छन्।

बीबीसीका अनुसार जेफ्री क्यारोललाई सोधिएको थियो, ‘उनको मनसाय के थियो?’

उनले भने, ‘यस विषयमा अहिलेसम्म पत्ता लागेको छैन।’ 

उनले थपे, ‘गोली चल्नुको अर्थ सुरक्षा कमजोरी थियो भन्ने होइन। सन्दिग्धलाई पक्राउ गरिएको चेकपोइन्ट एक विशेष उद्देश्यका लागि स्थापना गरिएको थियो र यसले आफ्नो काम गरेको थियो।’

जेफ्री क्यारोलका अनुसार सन्दिग्ध व्यक्तिले धेरै हतियार बोकेका थिए।

उनले भने, ‘उनीसँग सटगन, ह्यान्डगन र धेरै चक्कु थिए। उनलाई गोली लागेको छैन र प्रारम्भिक अनुसन्धानले उनी एक्लै आक्रमणकारी भएको देखाएको छ। अब जनताका लागि कुनै खतरा छैन।’

वासिङ्टन डिसीका मेयरले पक्राउ परेका व्यक्तिको हाल नजिकैको अस्पतालमा उपचार भइरहेको बताएका छन्। 

अमेरिकी वकिल जिनिन पिरोले भनिन्, ‘उनीविरुद्ध दुई आरोप लागेको छ: हिंसात्मक अपराधका लागि हतियार प्रयोग र खतरनाक हतियारले संघीय अधिकारीहरूलाई आक्रमण गरेको।’

उनका अनुसार आरोपितलाई सोमबार संघीय अदालतमा पेस गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad