राजनीति


श्रम संस्कृति पार्टी विज्ञहरूसँगको छलफलमा

श्रम संस्कृति पार्टी विज्ञहरूसँगको छलफलमा

नेपालखबर
बैशाख ६, २०८३ आइतबार १४:४७, काठमाडौँ

प्रतिपक्ष दल श्रम संस्कृति पार्टीले विज्ञहरूसँगको सामूहिक छलफल शुरु गरेको छ। 

संघीय संसदमा पहिलो पटक सहभागी भएको सो पार्टीले आइतबार ललितपुरमा छलफल शुरु गरेको हो। 

छलफलमा डा. सुन्दरमणि दीक्षित, डा. राजाराम सुवेदी, प्रोफेसर डा. राजकुमार पोखरेल, डा. टीकाराम गौतम, डा. केशवमान शाक्य, डा. लाल रापचा, डा. विजयप्रसाद मिश्रसहित विज्ञहरू सहभागी थिए। 

यस्तै, पार्टी अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईसहित पार्टीका नेताहरू कार्यक्रममा सहभागी भएका थिए। 

श्रम संस्कृति र प्रविधिको समान उपयोग गरेर अघि बढ्ने संकल्प लिएको सो पार्टीले आगामी दिनमा खेल्ने भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूसँगको छलफल शुरु गरेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad