राजनीति


संघीय संसद्का १२ समितिले पाए सभापति

संघीय संसद्का १२ समितिले पाए सभापति

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १६:१५, काठमाडौँ

संघीय संसद्का १२ वटा समितिले सभापति पाएका छन्। शुक्रबार प्रतिनिधि सभाका १० र दुवै सदनका दुई वटा संयुक्त समितिले सभापति पाएका हुन्।

प्रतिनिधिका सभाका नौ वटा र एउटा संयुक्त समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन्। प्रतिनिधि सभाको एउटा र अर्को संयुक्त समितिमा भने निर्वाचनबाट सभापति निर्वाचित भएका हुन्। 

सार्वजनिक लेखाबाहेक प्रतिनिधि सभाका नौ वटा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति निर्वाचित भएका छन्। रास्वपाको तर्फबाट अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानुन र न्याय तथा मानव अधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भए। 

त्यस्तै, प्रतिनिधि सभाअन्तर्गतकै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोककुमार चौधरी निर्विरोध निर्वाचित भएका छन्। 

त्यसैगरी, सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का पनि निर्विरोध निर्वाचित भएका छन्। 
त्यस्तै, संसदीय सुनुवाई समितिको सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। यो दुवै सदनको संयुक्त समिति हो। 

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र दुवै सदनको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा भने निर्वाचन भएको छ। 

शिक्षा समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन निर्वाचित भएकी छन्। यो समितिको सभापतिमा नेकपा (एमाले)का गुरुप्रसाद बरालले पनि उम्मेदवारी दिएका थिए। 

त्यस्तै, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाकै गणेश कार्की निर्वाचित भएका छन्। यो समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की मदनकुमारी शाह (गरिमा) ले उम्मेदवारी दिएकी थिइन्। दुवै समितिमा रास्वपाका सांसदको बहुमत रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad