विद्यालय भर्नाको समय, कानुनअनुसार विद्यार्थीले पाउनुपर्ने छात्रवृत्तिबारे बहस भइरहँदा प्रिन्सिपल एशोसिएन अफ नेपाल (पान)ले शिक्षा क्षेत्र सुधार गर्न साहसिक निर्णय आवश्यक भएको बताएको छ।
‘शिक्षा सुधारका लागि सानातिना कार्यक्रम होइन साहसी, स्पष्ट र परिणाममुखी निर्णयहरु आवश्यक छन्’, एशोसिएन अध्यक्ष सुदामप्रसाद गौतम र महासचिव लक्ष्मण श्रेष्ठद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
रणनीतिक कार्यक्रमहरु कार्यान्वयन गर्न सकिएमा नेपालले आगामी एक दशकभित्र शिक्षा क्षेत्रमा ऐतिहासिक फड्को मार्न सक्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘त्यसका लागि सरकारसँग सहकार्य गर्न पान तयार छ।’
120
Shares

प्रतिक्रिया