नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी वैधानिकताको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला स्पष्टीकरण सोधिनु पार्टी एकताका लागि बाधक हुने बताएका छन्।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोधेको छ। त्यस विषयमा बोल्दै डा. कोइरालाले स्पष्टीकरणले अदालतमा मुद्दा विचाराधीन रहेका बेला पार्टीभित्र एकताको वातावरण खल्बलाउने बताएका हुन्।
उनले पार्टीको वृहत्तर एकताका लागि आफू प्रयत्नशिल रहेको बताए। पार्टीको वृहत्तर एकताको पक्षमा उभिन पनि अपिल गरेका छन्।
त्यस्तै १५औँ महाधिवेशन प्रयोजनका लागि क्रियाशिल सदस्यता नविकरण भइसकेकले अहिले अद्यावधिकको अर्थ नरहेको पनि उनको भनाइ छ।

प्रतिक्रिया