राजनीति


पर्यटनमन्त्री पौडेलको दुई कम्पनीमा सवा दुई करोड लगानी

पर्यटनमन्त्री पौडेलको दुई कम्पनीमा सवा दुई करोड लगानी

नेपालखबर
चैत २९, २०८२ आइतबार २२:१५, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेलको भाउजुको नाममा पोखरा महानगरपालिका–१४ मा २ करोड ६० लाख रुपैयाँको घर रहेको छ भने आमाको नाममा पोखराका तीन ठाउँमा १८३०.६७ वर्गमिटर जग्गा रहेको छ।

यस्तै, २१ तोला सुन र पाँच तोला चाँदी रहेको छ।

मन्त्री पौडेलले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा विभिन्न बैंक र सहकारीमा गरी २२ लाख ७३ हजार २२ रुपैयाँ नगद देखिएको छ।

उनको विभिन्न कम्पनीमा १८ हजार १५२ कित्ता सेयर छ।

उनले बैंक र सहकारीमा गरी एक करोड ४० लाख रुपैयाँ ऋण देखाएका छन्।

मन्त्री पौडेलसँग एउटा जीप र दुईवटा स्कुटर छन् भने विभिन्न कम्पनीमा २ करोड २५ लाख रुपैयाँ लगानी रहेको देखाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad