राजनीति


प्रधानमन्त्री बालेन भारत भ्रमणमा जान लागेको चर्चापछि हर्क साम्पाङ- सीमा अतिक्रमण बन्द गराइयोस्

प्रधानमन्त्री बालेन भारत भ्रमणमा जान लागेको चर्चापछि हर्क साम्पाङ- सीमा अतिक्रमण बन्द गराइयोस्

नेपालखबर
चैत २९, २०८२ आइतबार १०:५०, काठमाडौँ

पहिलो भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सीमा अतिक्रमण बन्द गराउन र व्यापारिक प्रयोजनका लागि नेपाली भूमि प्रयोग गर्दा नेपालसँग अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो दिएपछि प्रधानमन्त्री शाह भारत भ्रमणको तयारीमा छन्। यद्यपि मिति तोक्न बाँकी छ। 

यसै सन्दर्भमा प्रतिनिधिसभा सदस्य साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई भारतबाट भइरहेको सीमा अतिक्रमणका विषयमा जोडदार आवाज उठाउन अनुरोध गरेका हुन्। 

‘सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू! तपाईंको भारत भ्रमण निकट भविष्यमै हुने भन्ने समाचार बाहिरिएको छ। भ्रमण उपलब्धिमूलक रहोस्’, उनले लेखेका छन्, ‘महाकालीमा सीमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा-लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस्। यति भए पुग्छ अहिलेलाई।’

हर्क साम्पाङ हालै दार्चुला भ्रमण गरेर फर्किएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad