राजनीति


जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य छैन: नेकपा

जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य छैन: नेकपा

नेपालखबर
चैत २८, २०८२ शनिबार १९:२६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नभएको बताएको छ। 

केन्द्रीय कार्य समायोजन समितिको बैठक सातौँ दिन शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका नेता जगन्नाथ खतिवडाले प्रतिबन्ध लगाउन निर्णय ठिक नभएको बताए। युवा र विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत भएको उनको भनाइ छ। 

‘जनसंगठनहरू, खासगरी युवा र विद्यार्थी संगठनलाई कलेजहरूमा प्रतिबन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत हो,’ खतिवडाले भने, ‘यसको विपक्षमा हामी दृढतापूर्वक उभिन्छौँ।’

उनले यसको विरुद्धमा नेकपा सडमा उत्रिने चेतावनी दिए। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यदिशा र पार्टीको आगामी कार्ययोजनाबारे गहन छलफल भइरहेको नेता खतिवडाले बताए। 

विभिन्न कार्यव्यस्तताका कारण दैनिक केही घण्टा मात्र छलफल भइरहेको बैठकमा ४५ सदस्यीय केन्द्रीय कार्य समायोजन समितिका ४३ सदस्यले आफ्नो धारणा राखिसकेका छन्। बैठकमा देशको समसामयिक परिस्थिति, नयाँ सरकारले लिने बाटो र पार्टीको सांगठनिक समायोजनका विषयमा गहन मन्थन भएको उनले बताए। 

नेता खतिवडाकाअनुसार बैठकमा पार्टीका सम्पूर्ण कमिटीहरूको समायोजन र एकीकृत पार्टीको भविष्यको कार्यदिशाबारे पनि छलफल भएको छ। नयाँ वर्ष र आन्तरिक गृहकार्यका लागि समय आवश्यक परेकाले अर्को बैठक वैशाख ३ गते बस्ने तय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad