राजनीति


पार्टी एकताको सफलता हरेक नेता कार्यकर्ताले सोच्नुपर्ने विषय हो : पोखरेल

पार्टी एकताको सफलता हरेक नेता कार्यकर्ताले सोच्नुपर्ने विषय हो : पोखरेल

नेपालखबर
जेठ ३, २०७७ शनिबार १०:१,

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य मुख्यमन्त्री शंकर पोखरेलले पछिल्ला दिनमा नेतृत्व आपसी अन्तरसंवादतर्फ केन्द्रित हुँदा पार्टीभित्रका विवाद कम हुँदै गएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन महासचिव जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २७ औँ स्मृति दिवसका अवसरमा शनिबार बुटवलमा आयोजित स्मृति कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलले पार्टी एकताको सफलता हरेक नेता कार्यकर्ताले सोच्नुपर्ने विषय भएको बताएका हुन्।

‘इतिहासप्रति गर्व गरौँ, इतिहासको भारी बोकेर वर्तमानलाई प्रभावित गर्ने काम नगरौँ’, उनले भने,‘हाम्रो एकता समाजवाद निर्माण, मुलुकको समृद्धि र जनताको दिगो स्तरमा रुपान्तरणका लागि हो।’ उनले पार्टीभित्र वर्तमानमा देखिएको विवाद वैचारिक र राजनीतिक नभएर शक्ति संघर्ष भएको बताउँदै यसलाई कम्युनिष्ट आन्दोलनमा कुनै उचित मुद्दाका रुपमा लिनु नहुने स्पष्ट पारे।

उनले भने, ‘शक्तिलाई व्यवस्थापन वा संयोजन गर्ने हो, त्यसको प्राप्तिका लागि अनावश्यक द्वन्द्व आन्दोलनको भविष्यका लागि हानिकारक हुन्छ भन्ने सबैले गहिरो गरी महसुस गर्नु जरुरी छ।’

मुख्यमन्त्री पोखरेलले नेपाली समाजमा प्रतिस्पर्धाका माध्यमबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई स्थापित गर्ने तथा संवैधानिक प्रतिस्पर्धाका माध्यमबाट समाजवाद निर्माण गर्ने नेकपाले लिएको लक्ष्यलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा भण्डारीका विचार अत्यन्तै सान्दर्भिक र सार्थक रहेको बताए। उनले नेताहरु कुनै रहस्यमय अलौकिक कथाका पात्र जस्तो नभएर निरन्तर कार्यकर्ता र जनताबाट अनुमोदित हुनुपर्ने र पार्टी कमिटी प्रणाली शृंखलाबद्ध हुन सके मात्र समाजलाई रुपान्तरण गर्न सक्ने पार्टी निर्माण गर्न सकिनेमा जोड दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad