फिल्म ‘१२ गाउँ-२’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन्। निर्माता तथा निर्देशक विराज भट्ट र अनुपविक्रमबीच मंगलबार सम्झौता भएको छ।
सम्झौता लगत्तै उनले सामाजिक सञ्जालमार्फत विराजसँगको फोटो सेयर गर्दै जानकारी दिएका हुन्। विराजलाई मेन्सन गर्दैं लेखेका छन्, ‘केही नयाँ र ठूलो र उत्साहित तुल्याउने चीज आउँदै छ।’
अनुपको भूमिकाबारे उल्लेख नगरिए पनि उनी खलपात्रको रोलमा देखिन लागेको अनुमान लगाउन सकिन्छ। फिल्मलाई ठूलो स्केलमा छायांकन गर्ने तयारी भइरहेको छ।
यसअघि फिल्ममा मुख्य भूमिकामा अभिनेता समीर भट्ट देखिने पक्का भइसकेको छ। पात्रमा आफूलाई ढाल्न समीरले जिम गइरहेका छन्।
पर्दामा अनुप र समीरको टक्कर हुने निश्चित छ। फिल्मको छायांकन भने वैशाख पहिलो साता सुरु हुनेछ।
अनुपको डेब्यू अभिनय रहेको बलिउड फिल्म ‘मातृभूमि’ प्रदर्शन तयारीमा छ। यस फिल्ममा उनी सलमान खानसँग देखिँदै छन्।
Shares

प्रतिक्रिया