राजनीति


साम्राज्यवादको पतन र समाजवादको विजय निश्चित छ, नयाँ पुस्तालाई शिक्षित गर्दै जानुपर्छः बिजुक्छे

साम्राज्यवादको पतन र समाजवादको विजय निश्चित छ, नयाँ पुस्तालाई शिक्षित गर्दै जानुपर्छः बिजुक्छे

नेपालखबर
चैत २४, २०८२ मंगलबार १९:३०, भक्तपुर

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले कार्यकर्ताहरूलाई सैद्धान्तिक रूपमा प्रस्ट हुन र जनतालाई राजनीतिक रूपमा शिक्षित गराउन निर्देशन दिएका छन्।

पार्टीको तेस्रो केन्द्रीय समिति बैठकको समापन गर्दै उनले केन्द्रीय सदस्यहरूलाई आम कार्यकर्तामाझ पुगेर कार्यकर्ताहरूलाई सैद्धान्तिक रूपमा प्रस्ट पार्नुपर्नेमा जोड दिएका हुन्।

उनले पार्टीका जनवर्गीय तथा पेसागत सङ्गठनहरूलाई थप सक्रिय बनाउन, मजदुर आन्दोलनमा देखापरेका पुँजीवादी विचारको वैचारिक रूपमै खण्डन गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए।

साम्राज्यवादको पतन र समाजवादको विजय निश्चित रहेको विषयमा नयाँ पुस्तालाई शिक्षित गर्दै जानुपर्नेमा जोड दिँदै बिजुक्छेँले पार्टी गतिविधि र जनताको समस्या बुझ्न नियमित अन्तरक्रिया गर्न आग्रह गरे। 

बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गर्दै पार्टीले जिल्ला, पालिका र वडा समितिहरूमार्फत स्थानीयस्तरको टोलटोलमा पुगेर सभा गर्दै मतदातालाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले जानकारी दिए।

बैठकमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रस्तुत गरेको पार्टीको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनलाई आवश्यक सुझावसहित पारित गरेको गोसाईंले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad