मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मंगलबार दिउँसो १ बजेदेखि बस्नेगरि बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको हो।
बैठक सुरु हुनुअघि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्।
प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गरेका हुन्।
मन्त्रिपरिषद्को मर्यादाक्रममा दोस्रो नम्बरमा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहेका छन्। यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ नम्बरमा झारिएको छ। त्यस्तै, चौथो नम्बरमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो नम्बरमा ल्याइएको छ।
यही चैत १६ गते प्रधानमन्त्री नियुक्त भएका रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेनले सोही दिन मन्त्रिपरिषद्समेत गठन गरेका थिए।
मन्त्रिपरिषद्को पहिलो बैठक सोही दिन बसेको थियो। पहिलो बैठकले शासकीय सुधारको सयबुँदे कार्यसूची पारित गरेको थियो।
त्यसपछि चैत १६ र २२ गते पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।
Shares

प्रतिक्रिया