नेकपा एमालेले संसदमा सरकारको कामकारबाहीमाथि कडा निगरानी राख्दै खबरदारी गर्ने जनाएको छ। संघीय संसद सचिवालयले सोमबार आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले यस्तो संकेत गरेको हो।
बैठकपछि एमाले नेता गुरु बरालले विधिको शासन र कानुन कार्यान्वयनमा प्रश्न उठे एमालेले संसदमा सशक्त आवाज बुलन्द गर्ने बताए। 'जहाँ कानुनको उल्लंघन हुन्छ र विधिको शासनमा प्रश्न उठ्छ, त्यहाँ हामी चुप लागेर बस्दैनौँ,' बरालले भने।
उनले नागरिकका मौलिक र राजनीतिक अधिकार प्रयोगमा सरकारले व्यवधान खडा गरे सदनमा कडा प्रतिवाद गर्ने चेतावनी समेत दिए। बरालका अनुसार एमालेले संविधानप्रदत्त अधिकारको सुनिश्चितताका लागि सरकारलाई निरन्तर 'चेक एण्ड ब्यालेन्स' मा राख्ने रणनीति बनाएको छ।
417
Shares

प्रतिक्रिया