शुक्रबार संघीय संसद भवन बानेश्वर प्रवेश गर्न सांसद, पदाधिकारी लगायत सबैलाई मास्क अनिवार्य गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
संघीय संसद सचिवालयले २ घण्टा अघि सूचना प्रकाशित जारी गर्दै संसदभवन प्रवेश गर्ने सबैलाई मास्क लगाउन अनिवार्य गरिएको जनाएको हो।
राष्ट्रियसभा र प्रतिनिधिसभा दुबै सदनको सयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन्।
यसअघि सांसद तथा कर्मचारीहरु सबैको पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएको थियो। सूचनामा लेखिएको छ, ‘आज संघीय संसद परिसरमा प्रवेश गर्नुहुने सबैलाई मास्क लगाउन अनिवार्य गरिएको छ।’
प्रतिक्रिया