राजनीति


रास्वपाले सभामुखमा डीपी अर्यालको नाम प्रस्ताव गर्ने

रास्वपाले सभामुखमा डीपी अर्यालको नाम प्रस्ताव गर्ने

नेपालखबर
चैत १९, २०८२ बिहिबार १७:२२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखका लागि उपसभापति डीपी अर्यालको नाम प्रस्ताव गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको सत्तारुढ रास्वपा संसदीय दलको बैठकमा अर्यालको नाम प्रस्ताव गर्ने निर्णय भएको हो।

बिहीबार संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्यालको नाम सभामुखका लागि प्रस्ताव गरेका थिए। जुन प्रस्ताव सर्वसम्मतीले निर्णय भएको रास्वपाले जानकारी दिएको छ। 

सभामुख र उपसभामुखको निर्वाचन यही चैत २२ गते हुनेछ। त्यसका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

बैठकमा रास्वपा संसदीय दलका नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी भनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad