राजनीति


एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

नेपालखबर
चैत १९, २०८२ बिहिबार १५:३७, काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राइले अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्न माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। 

‘देशको स्वाधिनता, भूराजनीति, सैन्य रणनीतिका साथ ल्याइएको एमसीसी खारेज गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘सीमावर्ती क्षेत्रमा नेपाल सरकारले निगरानी राख्नुपर्छ।’

उनले सबै सांसदको सम्पत्ति छानबिन गर्न पनि माग गरे। शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्छ, सरकारले त्यसमा ध्यान देओस्,’ उनले भने। उनले जीवनोपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिए।

उनले समयको ख्याल गर्न पनि सबैसँग आग्रह गरे।

‘१६ मिनेट ५५ सेकेण्ड हामी ढिला भयौ। जनताले हामीलाई ढिला गर भनेर यहाँ पठाएको जस्तो मलाई लाग्दैन’ उनले भने, ‘नेपाल हो, नेपाली हो भन्ने जुन भाष्य मनमा लिएर बसेका छौँ, यो गलत हो। आउँदा दिन बैठक सुरु हुनुभन्दा थोरै ५ मिनेट अघि आउनुपर्छ।’

सांसद राईले संसदभित्र विभेद भएको गुनासो पनि गरे। 

‘हामी पनि जनताले चुनेका जनप्रतिनिधि हौँ। जनताका माग राख्न प्रसस्त समय दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad