लुम्बिनी


जन्ती गएकी युवतीलाई नशालु पदार्थ खुवाएर सामुहिक बलात्कार

जन्ती गएकी युवतीलाई नशालु पदार्थ खुवाएर सामुहिक बलात्कार

प्रदीप आचार्य
चैत १९, २०८२ बिहिबार १५:५९, बुटवल

बाँकेको राप्तीसोनारी गाउँपालिकामा एउटा विवाहको जन्ती गएकी युवती सामुहिक बलात्कारको शिकार भएकी छन्।

माघ २१ गते साथीसँग जन्ती गएकी १८ वर्षीया किशोरीमाथि चार युवकले नशालु पदार्थ खुवाएर सामुहिक बलात्कार गरेको घटना बाहिर आएको छ।

परिवारका सदस्यहरूका अनुसार, घटनापछि किशोरी मानसिक रूपमा यति धेरै कमजोर भइन् कि उनी कसैसँग बोल्न वा घटना खुलाउन सक्दिनथिन्। डर, त्रास र आघातले उनलाई लामो समयसम्म घरभित्रै थुन्यो। बिस्तारै सुधार हुँदै गएपछि मात्र उनले परिवारलाई बताएकी थिइन्।

उनले बोल्ने हिम्मत गरेलगत्तै सामुहिक बलात्कार घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

कोहलपुर नगरपालिका–५ का २१ वर्षीय आशिष थारू, कोहलपुर–६ का २७ वर्षीय सन्दीप थारू, २१ वर्षीय निरज थारू र १६ वर्षीय एक किशोरलाई बाँके प्रहरीले पक्राउ गरेको हो।

युवकहरूमाथि जबरजस्ती करणी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए।

जिसीले भने, ‘पीडितको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हामीले अनुसन्धानलाई तीव्रता दिएका छौँ। दोषीलाई कानुनअनुसार कडा कारबाही गरिनेछ।’ 

उनले पीडितलाई आवश्यक उपचार र मनोसामाजिक परामर्श उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad