राजनीति


अध्यक्ष ओली पक्राउविरुद्ध थप कार्यक्रम तय गर्न च्यासलमा एमाले सचिवालय बैठक

अध्यक्ष ओली पक्राउविरुद्ध थप कार्यक्रम तय गर्न च्यासलमा एमाले सचिवालय बैठक

नेपालखबर
चैत १७, २०८२ मंगलबार १३:५, काठमाडौँ

अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा थप कार्यक्रम तय गर्न अहिले नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ।

पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बसिरहेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए। 

जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली गत शनिबारदेखि प्रहरीको नियन्त्रणमा छन्। 

उनको गिरफ्तारी राजनीतिक प्रतिशोध भएको दाबी गर्दै एमालेले निरन्तर विरोधका कार्यक्रम गरिरहेको छ। 

गत आइतबार जिल्ला अदालत काठमाडौँले पूर्वप्रधानमन्त्री ओलीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

त्यस दिन ओली त्रिवि अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत अदालती बहसमा जोडिएका थिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले अदालतमा उपस्थित गराउन नसकिने सुझाव दिएका थिए। 

ओलीलाई यही चैत १४ गते भक्तपुरको गुन्डुस्थित निवासबाटै प्रहरीले पक्रेको थियो।

त्यही अभियोगमा सोही दिन तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनलाई पनि काठमाडौँ जिल्ला अदालतले आइतबार ५ दिन नै हिरासतमा राख्न अनुमति दिएको छ।

लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad