राजनीति


शिक्षा मन्त्रालयले वेबसाइटबाट हटायो इन्ट्रान्स र ब्रिज कोर्सबारेको सूचना

शिक्षा मन्त्रालयले वेबसाइटबाट हटायो इन्ट्रान्स र ब्रिज कोर्सबारेको सूचना

शिक्षामन्त्री सस्मित पोखरेल र शिक्षा मन्त्रालयले जारी गरेको सूचना।


नेपालखबर
चैत १६, २०८२ सोमबार १२:१७, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स र ब्रिज कोर्सका कक्षा बन्द गर्ने निर्णयसम्बन्धी सूचना वेबसाइटबाटै हटाइएको छ। 

मन्त्रालयले आइतबार विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहका इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने भन्दै विज्ञप्ति निकालेको थियो। मन्त्रालयले राखेको विज्ञप्ति र शिक्षामन्त्री सस्मित पोखरेलले राखेको सूचना भने फरक फरक थियो। 

मन्त्रालयले सबै प्रकारको इन्ट्रान्स परीक्षाका लागि कक्षा सञ्चालन गर्न नपाउने गरी सूचना प्रकाशन गरेको थियो। तर मन्त्री पोखरेलले नै कक्षा १२ सम्म मात्रै इन्ट्रान्स र ब्रिज कोर्समा रोक लगाउने निर्णय गरेको भन्दै अर्को सूचना सार्वजनिक गरेपछि मन्त्रीको निर्णयमा विरोधाभास देखिएको भन्दै आलोचना सुरु भएको छ।

मन्त्रीस्तरीय निर्णय गर्दै २०८३ वैशाख १ गतेदेखि यस्ता कक्षा पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख थियो। 

प्रवेश परीक्षा तयारी कक्षा (इन्ट्रान्स) र ब्रिज कोर्स बन्द गर्ने सरकारको निर्णयप्रति प्रशंसा र आलोचना भइरहेको छ।  निर्णय भएको २४ घण्टा नपुग्दै मन्त्रालय भने सूचना हटाएको छ। यो विषयमा मन्त्रालयसँग पटकपटक सम्पर्क गर्दा कुनै प्रतिक्रिया दिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad