राजनीति


राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति हुन दिन्नौँ: प्रजिअ पौडेल

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति हुन दिन्नौँ: प्रजिअ पौडेल

नेपालखबर
चैत १५, २०८२ आइतबार १५:३१, काठमाडौँ

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनैपनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताएका छन्। 

आइतबार अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले बुझाएको ज्ञाापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरु राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ति फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताए।

आफूहरूलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेशागत भावअनुसार निर्वाह गर्ने उनको भनाइ छ। उनले शनिबार फिल्डमा भएको गतिविधिबारे राम्रोसँग अध्ययन गरेको भन्दै अराजनीतिक र गैरकानूनी क्रियाकलाप गर्नेलाई कानुनी कारबाही गरिने समेत स्पष्ट पारे। 

उनले भने, ‘हामी राजनीतिक विषयमा प्रवेश गर्दैनौँ। हामी हाम्रो प्रशासनिक पेशागत भावअनुसार अगाडि बढ्छौँ। हिजोको घटनामा केही झडपहरू भएका छन्। हाम्रोतर्फत सबै क्षेत्रमा के भइरहेको छ भने फिल्डबाट हामी आएका हौँ। हामी सुरक्षाकर्मीहरूलाई पनि आफ्नो कर्तव्य संयमित भएर निर्वाह गर्न भनेका छौँ। केही हर्कतहरू हिजो भएका छन्। ती सबैलाई कानुनी दायरमा ल्याउँछौँ।’

पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोधत्र पत्र बुझाएको थियो।

विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad